IME Life New

सिटिजन लाइफको व्यवसायमा उत्साहजनक प्रगति, ३८% ले बढ्यो नयाँ व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ मा आफ्नो व्यवसायमा उल्लेखनीय सुधार गर्दै कुल बीमाशुल्क संकलनमा २४.१ प्रतिशत माथिको वृद्धि हासिल गरेको छ।

कम्पनीले आर्थिक वर्षमा ९ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले कुल संकलन ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँको तुलनामा निकै बढी हो।

Esewa
Crest

कम्पनीको समीक्षा वर्षको व्यावसायिक प्रगतिमा नयाँ व्यवसाय (प्रथम बीमाशुल्क)को मुख्य योगदान रहेको छ। नयाँ व्यापारमा अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ३८.२ प्रतिशतको आक्रामक वृद्धि देखिएको छ। विवरणअनुसार अघिल्लो वर्ष २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँको रहेको नयाँ व्यवसाय समीक्षा वर्षमा बढेर ३ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी पुराना ग्राहकबाट संकलन हुने नवीकरण बीमाशुल्कतर्फ पनि कम्पनीले १७.६ प्रतिशतको उत्साहजनक वृद्धि दर्ता गरेको छ। अघिल्लो वर्ष ५ अर्ब १५ करोड ४९ रुपैयाँ रहेको नवीकरण बीमाशुल्क गत वर्ष बढेर ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ पुगेको छ। प्रथम बीमाशुल्क र नवीकरण दुवै क्षेत्रमा भएको यो दोहोरो अंकको वृद्धिले बजारमा सिटिजन लाइफप्रतिको बढ्दो जनविश्वास र मजबुत उपस्थितिलाई स्पष्ट रुपमा दर्शाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS