काठमाडौं । शिखर इन्स्योरेन्सका सीईओ दीप्रप्रकाश पाण्डे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई मातृशोक परेको छ।
पाण्डे दाजुभाइकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान निधन भएको हो। उनी लामो समयदेखि श्वासप्रश्वासलगायत विभिन्न रोगबाट पीडित थिइन्। उनी ९१ वर्षको थिइन्।
पाण्डेको नर्भिक अस्पताल बिहान ८ बजे निधन भएको पारिवारिक स्रोतले बतायो। उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवारजनले जनाएका छन्।












