काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज मंगलबार रातीबाट लागू हुने गरी पेट्रोल प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेल ३० र हवाइ इन्धन आन्तिरिकतर्फ ४० रुपैयाँले घटाएको हो । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १ सय रुपैयाँले घटाएको छ ।
हवाई इन्धन अन्तराष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलोमिटर अमेरिकी डलर २६५ ले घटाएको हो ।
मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९६ रुपैयाँ र तेस्रो वर्गका लागि १९७ रुपैयाँ कायम भएको छ । टिजेल मट्टितेलमा पहिलो वर्गका लागि १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९४ रुपैयाँ र तेस्रो वर्गका लागि १९५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ भने हवाई इन्धन अन्तराष्ट्रियतर्फ प्रतिकिलोमिटर काठमाडौंका लागि १५६६ अमेरिकी डलर, पोखराका लागि ११०० अमेरिकी डलर र भैरहवाका लागि १०८५ अमेरिकी डलर कायम भएको छ ।
यता एलपी ग्यासको मूल्य पूरा ग्यास १४.२ केजीको २०६० र ७.१ केजीको १०३० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।













