IME Life New

१५ दिनदेखि नेतृत्व बिहीन रहेका बीमकले तीन महिनाका लागि पाउने भए सीइओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धिकरण, धितोपत्र कारोबार सम्बन्धी कसूरलगायतका मुद्दामा प्रमुख कार्यकारी अधिकृत(सीइओ) हरू निलम्बनमा परेपछि नेतृत्व विहीन बनेका बीमा कम्पनीले ३ महिनका लागि निमित्त सीइओ पाउने भएका छन्।

नेपाल बीमा प्राधिकरणले बिहीबार सम्बन्धित बीमकलाइ बेग्लाबेग्लै विद्युतीय पत्र पठाउँदै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० को दफा ३३ को प्रावधान बमोजिम निमित्त सीइओ सम्बन्धी व्यवस्था गर्न जानकारी गराएको हो।

Esewa
Crest

दफा ३३ को प्रतिबन्धात्मक वाक्यमा बीमकको कार्यकारी प्रमुखको पद रिक्त रहेमा वरिष्ठत्तम कर्मचारीलाइ बढीमा तीन महिनाका लागि कार्यकारी प्रमुखको रूपमा काम गर्ने गरी तोक्न सकिने व्यवस्था छ।

संगठितरूपमा सम्पत्ति शुद्धिकरण, धितोपत्र कारोबार सम्बन्धी कसूर र बीमा ऐन सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा गत जेठ २८ र २९ गते जिल्ला र विशेष अदालतमा मुद्दा दायर भएपछि हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एक साथ निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS