काठमाडौं । याम्बालिङ हाइड्रोपावरको शेयर आउँदो सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
याम्बालिङ हाइड्रोपावरको आइपीओ आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले यो कम्पनी शेयर सोमबार आउने भएको हो।
नेप्सेमा याम्बालिङ हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको २८ लाख कित्ता (४० प्रतिशत) र संस्थापकको ४२ लाख कित्ता (६० प्रतिशत) रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले याम्बालिङ हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘वाईएमएचएल’ पाएको छ।
आउँदो सोमबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।
याम्बालिङ हाइड्रोपावरले गत वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने वैशाख ३० गते गरिएको थियो।












