IME Life New

सम्पत्ति शुद्धिकरण कसूरको अभियोगमा दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने (हेर्नुहोस् आदेश)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका हिमालयन रिइन्स्योरेन्सका प्रवर्द्धक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ।

निजहरूविरूद्ध बुधबार विशेष अदालतमा भएको थुनछेकको बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट सहितको संयुक्त इजलाशले थुनामै राखेर मुद्दाको सुनुवाइ जारी राख्ने आदेश गरेको हो।

Esewa
Crest

अदालतमा थुनछेकको बहसका क्रममा अभियुक्तहरूको तर्फबाट बहस गरेका कानून व्यवसायीले अभियोजन पूर्वाग्रही भएको र अनुसन्धान सकिएकाले निजहरूलाई थुनामै राख्नुपर्ने सरकारी पक्षको माग अनुचित भएको भन्दै थुनाबाहिर रहेरै तारेख धाउन पाउनुपर्ने जिकीर गरेका थिए। सरकारको तर्फबाट विशेष सरकारी वकीलले सम्पत्ति शुद्धिकरण सम्बन्धी गम्भीर अभियोग भएकाले अभियुक्तहरूबाट प्रमाण नष्ट हुने भएको हुँदा मुद्दा किनारा नलाग्नुञ्जेल अभियुक्तहरूलाई थुनामै राखेर सुनुवाई गर्नुपर्ने जिकीर गरेका थिए।

अग्रवालको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उपचारको उचित व्यवस्थापनका लागि पनि कारागार कार्यालयलाई आदेश जारी गरेको छ।

यी दुईजना समेत अभियुक्त बनाइएर विशेष अदालतमा गत बिहीबार नेपाल सरकारको तर्फबाट सम्पत्ती शुद्धिकरण सम्बन्धि मुद्दा दायर गरिएको थियो। सम्पत्ती शुद्धिकरण विभागले गरेको जाहेरीमा भट्ट विरूद्ध २६ अर्ब ६३ करोड २७ लाख र अग्रवालविरूद्ध २५ अर्ब ५५ करोड २० लाख रूपैयाँ बिगो दाबी गरेको छ।

विशेष अदालतमा जेठ २८ गते अन्य ३७ जनासहितका विरूद्ध दायर भएको सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा हिमालयन रिइन्स्योरेन्सको रकम दुरूपयोग गरेको र श्रोत नखुलेको सम्पत्ति आर्जन गरेको लगायतको अभियोग छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS