काठमाडौं । अर्थ मन्त्रालय अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा गरेको छ।
सार्वजनिक कार्यमा उच्च समय र लागतको सिर्जना गरी प्रक्रियागत र संरचनागत जटिलता सिर्जना गरी प्रशासनिक कार्यमा दोहोरोपना ल्याउने कानुनहरुको खारेजी तथा संशोधन गर्न आवश्यक रहेकोले यो विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।
नेपालको संविधानको धारा २५ मा व्यवस्था रहेको सम्पत्तिको हकको कार्यान्वयनमा मद्दत पुग्नुका साथै व्यावसायिक तथा लगानीको वातावरण सिर्जना भई निजी क्षेत्रको मनोबल वृद्धिमार्फत लगानीमैत्री वातावरणका लागि यो विधेयकले सकारात्मक प्रभाव पार्ने मन्त्रालयको विश्वास छ।
यस विधेयकबाट नेपाल सरकारलाई थप आर्थिक व्ययभार हुने नभई अनावश्यक प्रशासनिक खर्च कटौतीमा सहयोग पुग्ने मन्त्रालयको भनाइ छ। दिगो विकास लक्ष्यमध्ये असल रोजगारी र आर्थिक वृद्धि, उद्योग, पूर्वाधार र नवीन सिर्जनाका लागि सघाउ पुग्ने विश्वास मन्त्रालयलको छ।
के-के छन् विधेयकमा ?
सूचना (1)j











