IME Life New

वायु सेवा निगमको सञ्चालक समितिमा ५ जना नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदका लागि पाँच जना उम्मेदवारहरूलाई छनोट गरेको छ।

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा नियुक्त उम्मेदवारहरूमा डा. दिपक प्रसाद बास्तोला पोखरा-३०, कास्की, प्रविन भट्टराई भरतपुर-२, चितवन,महेश्वर भक्त श्रेष्ठ ललितपुर-१३, ललितपुर, रुपा लामिछाने गोकर्णेश्वर-१, काठमाडौँ, र लिलाराज ढकाल, आँधीखोला-६, स्याङ्जा रहेका छन् ।

Esewa
Crest

नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम खुला प्रतिस्पर्धाबाट उम्मेदवारहरूको छनोट गरिएको हो।

कुल २७ जना आवेदकहरूमध्ये शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट समितिले यी नामहरू सिफारिस गरेको थियो। मन्त्रीस्तरको निर्णय २०८३/०१/३१ गते भएको हो।

छानिएका उम्मेदवारहरूलाई सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र मन्त्रालयमा उपस्थित भई नियुक्ति लिन सूचित गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS