काठमाडौं । राजनीतिक दलहरुसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपती रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
सबै बर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरुसँगको संवाद र सहकार्यका आधाार संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने उनले नीति तथा कार्यक्रममा भनेका छन् ।












