काठमाडौं । सरकारले विभिन्न २९ वटा हिमाल १ अर्ब १७ करोड रुपैयाँ बढी रोयल्टी संकलन छ।
पर्यटन विभागका अनुसार शरद ऋतुमा आरोहीहरुबाट ती हिमालबाट आरोहणबापत १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको हो। यो रोयल्टी सन् २०२६ मार्च १ देखि मे ५ सम्म संकलन गरिएको हो।
विभागका अनुसार सबैभन्दा धेरै रोयल्टी सरकारले विश्वकै सर्वोच्च शिखर सगरमाथाबाट संकलन गरेको छ। सगरमाथा आरोहणबापत सरकारले १ अर्ब १ करोड २८ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ।
यो सिजनमा २९ वटा हिमाल आरोहण गर्न १२७ वटा समूहले अनुमति लिएका छन्। ती समूहका ८११ जना पुरुष र २६१ जना महिला गरी कुल १ हजार ७२ जनाले हिमाल आरोहणका लागि अनुमति पाएका छन्।
royalty












