IME Life New

इमानदारीपूर्वक उद्योग-व्यापार गर्ने निजी क्षेत्रका साथीहरुलाई हामी दिल खोलेरै सहयोग गर्छौंः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले इमानदारीपूर्व उद्योग–व्यापार गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्।

अर्थ मन्त्रालयमा सोमबार साँझ नेपाल उद्योग परिसंघका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो आग्रह गरेका हुन्। ‘निजी क्षेत्रका साथीहरु इमानदारीपूर्वक उद्योग–व्यापार गर्नुस्, हामी दिल खोलेरै सहयोग गर्छौं’, उनले भने।

Esewa
Crest

अहिले बलियो सरकार बनेको वाग्लेको भनाइ थियो। ‘जनताको ठूलो आसा र भरोसा छ। हामी यो महत्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौँ’, उनले भने, ‘निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको छ। अब आर्थिक समृद्धि हासिल गर्नुपर्नेछ। हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौँ।’

वाग्लेले निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउन आएको पहिलो दिन नै १५ वटा कानुन खारेज गरेर सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजी क्षेत्रप्रति उदार र सहयोगी छ भन्ने सन्देश दिइसकेको उल्लेख गरे। ‘हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने हो तर उदारको अर्थ छाडा हुनलाई भने हामी नियमन गर्ने नै हो’, उनले भने।

नमुना औद्योगिक पार्क बनाउने र त्यसलाई सहजीकरण गर्न निजी क्षेत्रको मागमा अर्थमन्त्री वाग्लेले कुनै बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याएर लगानीमैत्री वातावरण बनाउन पहल थाल्न र सरकारले सबै खाले सहयोग गर्ने बताए। ‘स्वदेशी ठूला र बहुराष्ट्रिय कम्पनीको लगानीको सुरक्षामा सरकार प्रतिबद्ध छ। सबैखाले सहयोग हामी गर्छौं’, उनले भने, ‘लगानी गर्न तपाइँहरु उत्साहित हुनुस्। विदेशी लगानी ल्याउने वातावरण बनाउनुस्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS