काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले चैत्र १९ गते बिहीबारका दिन संघीय संसदको दुबै अधिवेशन आह्वान गरेका छन्।
अधिवेशन सिंहदरबार परिसरभित्र नवनिर्मित संघीय संसद भवनमा दिउँसो २ बजेदेखि शुरू हुनेछ। राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्री परिषदको सोमबारको सिफारिशका आधारमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
जेन जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन (साबिक वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) आगजनीबाट पूर्ण क्षतिग्रस्त बनेपछि सिंहदरबारभित्र निर्माणाधीन संसद भवनलाई प्रयोगमा ल्याइएको हो।












