IME Life New

संस्थापकतर्फको १०% शेयर सर्वसाधारणमा परिणत गर्दै हिमालयन बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले बैंकको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने निर्णय गरेको हो। यो निर्णय नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्थाअनुसार हाल कायम रहेको पुँजीका आधारमा संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने प्रक्रिया बढाउनका लागि गरिएको बैंकले जनाएको छ।

Esewa
Crest

हाल बैंकका संस्थापक शेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयरधनीको स्वामित्व ३० प्रतिशत रहेको छ। शेयर परिमार्जनपछि बैंकमा संस्थापक शेयरधनीहरुको शेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ।

यो प्रक्रिया अगाडि बढाउँदा बैंकमा संस्थापक शेयरधनीहरुका नाममा रहेको १० प्रतिशत अर्थात १ करोड ५८ हजार बढी कित्ता शेयर सर्वसाधारणमा परिणत हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS