IME Life New

पदभार सम्हालेपछि अर्थमन्त्री स्वर्णिम वाग्लेका ३ निर्णय के-के छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले पदभार सम्हालेपछि ३ वटा निर्णय गरेका छन्।

अर्थ मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गरेपछि मन्त्री वाग्ले ३ वटा निर्णय गरेका हुन्। उनले चैत १२ गतेसम्मको आर्थिक स्थिति तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने पहिलो निणय गरेका छन्।

Esewa
Crest

यसैगरी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजस्व अनुसन्धान विभागलगायत १५ वटा ऐन खारेज गर्ने अर्थमन्त्री वाग्ले दोस्रो निर्णय गरेका छन्।

वाग्लेले निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरणलगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै बृहत आर्थिक–कानुनी सुधारको मार्गचित्र बनाउने तेस्रो निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS