काठमाडौं । रिज लाइन इनर्जीको शेयर भोलि बिहीबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।
रिज लाइन इनर्जीको आइपीओ आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही व्यवस्थाबमोजिम यो कम्पनीको शेयर भोलिबाट कारोबारमा आउने भएको हो।
नेप्सेमा रिजलाइनको कुल १ करोड १८ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको २६ लाख ७ हजार कित्ता (२२ प्रतिशत) र संस्थापकको ९२ लाख ९३ हजार कित्ता (७८ प्रतिशत) रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले रिज लाइन इनर्जीलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले आरएलईएल पाएको छ।
ब भोलि स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।
सुपर खुदी हाइड्रोपावरले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने फागुन १४ गते गरिएको थियो।












