IME Life New

मुख्य सूचकबाट हेरौँ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को ७ महिना माघसम्मको देशको आर्थिक वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार देशका मुख्य आर्थिक सूचकहरु सकारात्मक नै रहेका छन्।

२०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको ७ महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ६८ अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिसम्म कुल वस्तु आयात १३.६ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब २३ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.१ प्रतिशतले वृद्धि भएको थियो।

यो ७ महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले वृद्धि भई रु. ९ खर्ब ५५ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो।

माघसम्ममा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो। २०८२ माघ महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ९८ अर्ब ८ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ३७ अर्ब ५० करोड रहेको थियो।

समीक्षा अवधिमा चालु खाता रु. ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले बचतमा रहेको छ।

२०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा रु.३३ खर्ब २ अर्ब ६६ करोड पुगेको छ।

चालु आर्थिक वर्षको ७ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS