IME Life New

नक्कली डाक्टर अनि फर्जी बिरामी, भारतमा बीमाको करोडौँ रकम झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको नयाँदिल्लीस्थित गुरुग्रामको एउटा सनसनीपूर्ण घटनाले स्वास्थ्य सेवा र बीमा जगतलाई हल्लाएको छ। त्यहाँ एउटा अस्पतालले बिरामीहरुको उपचार गर्नुको सट्टा बीमा कम्पनीहरुका लागि ‘फर्जी गर्ने काम’ गरिरहेको खुलासा भएको छ।

प्रहरीले छापा मारेर नक्कली डाक्टर, फर्जी बिरामी र नक्कली मेडिकल बिलहरुमार्फत बीमा कम्पनीहरुलाई करोडौं रुपैयाँ ठगी गर्ने घोटालाको पर्दाफास गरेको छ। प्रहरीले ग्यालेक्सी वन अस्पतालका मालिक एएस यादव र उनका दुई छोरालाई पक्राउ गरेको छ।

Esewa
Crest

प्रहरी अनुसन्धानले यादवले गुरुग्रामका फारुखनगर, द्वारका र अन्य स्थानमा एउटामात्र अस्पताल नभई ४ वटा नक्कली अस्पताल चलाएको खुलासा गरेको छ। ती अस्पताल फर्जी बिरामीरुको उपचार गर्न मात्र नभएर बीमा कम्पनीहरुबाट पैसा असुल्ने कारखानाका रुपमा प्रयोग गरिन्थ्यो।

इन्डियन एक्सप्रेसमा प्रकाशित खबरअनुसार आफूलाई एमबीबीएस–एमडी भएको दाबी गर्ने यादवसँग पनि नक्कली शैक्षिक प्रमाणपत्र थियो। यो गिरोह सन् २०१८ देखि सक्रिय रहेको र अहिलेसम्म भारु १ करोडभन्दा बढीको ठगीको प्रमाण फेला परेको छ। यो रकम अझै बढी हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीले शंका गरेको छ कि यो नेटवर्कले ५०० भन्दा बढी नक्कली बिरामीलाई बीमा कम्पनीहरुलाई करोडौं रुपैयाँ ठगी गर्न प्रयोग गरेको छ। अब विशेष अनुसन्धान टोली (एसआईटी) यस मामिलाको तल्लो तहसम्म पुग्न काम गरिरहेको छ। अभियुक्तहरुको बैंक खाताहरु फ्रिज गरिएको छ र प्रहरीले नयाँ कानुन (बीएनएसएस)को धारा १०७ अन्तर्गत उनीहरुको सम्पत्ति जफत र लिलामी गर्ने तयारी गरिरहेको छ।

करोडौंको घोटाला कसरी गरियो ?

यस घोटालाको योजना यति धूर्त थियो कि यसले बीमा कम्पनीहरुको कडा सुरक्षा मापदण्डलाई पनि असफल बनायो। यो घोटाला मुख्यतया ५ चरणमा गरिएको थियो।

पहिले बाहिरबाट वास्तविक देखिने भाडाका भवनहरुमा अस्पतालहरु स्थापना गरिएका थिए। पालम विहारजस्ता क्षेत्रहरुमा शंकाबाट बच्न तीनतले भवनहरुमा शल्यक्रिया र प्रसूति हेरचाहको विज्ञापन गर्ने ठूला बोर्डहरु र पोस्टरहरु राखिएका थिए। यद्यपि, भित्र कुनै वास्तविक चिकित्सा सुविधाहरु उपलब्ध थिएनन्। फर्जी बिरामीहरु भर्ती गर्दै नेटवर्कका सदस्यहरुले मान्य स्वास्थ्य बीमा पोलिसीहरु भएका व्यक्तिहरुलाई खोजे। उनीहरुलाई थोरै रकमको प्रलोभनमा पारियो र उनीहरुको आधार कार्ड र पोलिसी कागजातहरु लगियो। त्यसपछि उनीहरुलाई कागजमा अस्पतालमा भर्ना गरिएको देखाइयो। जब कि वास्तविकतामा उनीहरु घरमै स्वस्थ थिए।

फर्जी मेडिकल फाइल

सपना, वर्षा र गौरवलगायत अस्पतालका कर्मचारीहरुले नक्कली ल्याब रिपोर्टहरु, नक्कली औषधि बिलहरु, र डाक्टरको प्रिस्क्रिप्शनहरु तयार गर्न दिनरात काम गरे। गम्भीर रोगको उपचारको लागि आवश्यक पर्ने सबै प्रमाण कागजमा प्रस्तुत गरियो। छापा मार्ने क्रममा प्रहरीले यस्ता ६० भन्दा बढी फाइल बरामद गर्यो।

निजी अनुसन्धानकर्ताहरुसँग

बीमा कम्पनीहरुले सामान्यतया बीमा दाबीहरु प्रमाणित गर्न निजी अनुसन्धानकर्ताहरु भाडामा लिन्छन्। यो घोटालाले अनुसन्धानकर्ताहरुसँग मिलेर काम गरेको थियो। यी नक्कली अनुन्धानकर्ताले अस्पतालको फर्जी रिपोर्ट सफा गर्थे र बिरामीले सही उपचार पाएको दाबी गर्दै बीमा कम्पनीलाई पठाउँथे।

नाफा बाँडफाँट

बीमा कम्पनीले बिरामीको खातामा दाबी रकम स्थानान्तरण गर्ने बित्तिकै खेलको अन्तिम भाग सुरु भयो। नक्कली बिरामीका लागि थोरै कमिसन राखिन्थ्यो र बाँकी ठूलो रकम नक्कली डाक्टर यादव र उनको नेटवर्कबीच बाँडिन्थ्यो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS