काठमाडौं । आज नेप्से परिसूचक ३८ दशमलव ५२ अंकले बढेर २,७१२ को विन्दुमा कायम भएको छ । आज २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावरका लगानकिर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।













