IME Life New

जीवन बीमकका सीईओहरुले एक वर्षमा लिए १९ करोड तलबभत्ता, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले राम्रै तलबभत्ता सुविधा पाएको देखिन्छ। कम्पनीहरुले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनबाट सीईओहरुले तलबसहित विभिन्न शीर्षकमा राम्रै रकम भुक्तानी लिने गरेको पाइएको हो।

आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदनअनुसार १३ वटा जीवन बीमक (राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक)का सीईओहरुले एक वर्षमा झन्डै १९ करोड रुपैयाँ तलबभत्तालगायतका शीर्षकमा बुझेका छन्। ती कम्पनीले सीईओहरुलाई तलबभत्ता, कर्मचारी बोनस, प्रचलित प्रावधानअनुसारका लाभ, जीवन र स्वास्थ्य बीमालगायतका शीर्षकमा २१ करोड १८ लाख रुपैयाँ खर्च गरेका छन्।

Esewa
Crest

वार्षिक प्रतिवेदनअनुसार, नेपाल लाइफका सीईओले तलबभत्तालगायतका शीर्षकमा सर्वाधिक रकम पाएका छन्। सबैभन्दा कम रकम आइएमई लाइफका सीईओको तलब छ। दुई करोड रुपैयाँभन्दा बढी पारिश्रमिक लिने सीईओहरुमा नेपाल लाइफ, हिमालयन लाइफ र नेसनल लाइफका छन्।

कसको तलबभत्ता कति ?

२ करोड रूपैयाँभन्दा बढी तलबभत्ता लिने सीईओहरू

नेपाल लाइफका सीईओ प्रवीणरमन पराजुलीले गत आर्थिक वर्षमा कुल २ करोड ३० लाख ५ हजार १०७ रुपैयाँ तलबभत्तावापत पाएका छन्। यसमा वार्षिक तलबभत्ता १ करोड ५९ लाख ८४ हजार रुपैयाँ, कर्मचारी बोनसबापत ६३ लाख ६० हजार २१९ रुपैयाँ र प्रचलित प्रावधानअनुसार लाभहरुवापत ६ लाख ६० हजार ८८७ रुपैयाँ छन्।

हिमालयन लाइफका तत्कालीन सीईओ मनोजकुमार लाल कर्णले गत आर्थिक वर्षमा कुल २ करोड २३ लाख ६ हजार ४०३ रुपैयाँ तलबभत्ताबापत पाएका थिए। यसमा वार्षिक तलबभत्ता १ करोड ७२ लाख २४ हजार रुपैयाँ, कर्मचारी बोनसवापत ३९ लाख ६६ हजार २८० रुपैयाँ, प्रचलित प्रावधानअनुसार लाभहरुवापत १० लाख ८ हजार रुपैयाँ र जीवन बीमाबापत १ लाख ८ हजार १२३ रुपैयाँ छन्।

मेटलाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कुल २ करोड २१ लाख ३४ हजार ६७९ रुपैयाँ बुझेका छन्। जसमा वार्षिक तलबभत्तावापत १ करोड १० लाख ९२ हजार ५३५ रुपैयाँ, कर्मचारी बोनसवापत ५० लाख १९ हजार ६६ रुपैयाँ, प्रचलित प्रावधानअनुसार लाभहरुवापत ३ लाख १९ हजार ६९२ रुपैयाँ र अन्य लाभबापत ७ लाख ३ हजार ३८६ रुपैयाँ छन्।

नेशनल लाइफका सीईओ सुरेशप्रसाद खत्रीले गत आर्थिक वर्षमा कुल २ करोड ९ लाख ४६ हजार ३९ रुपैयाँ तलबभत्तावापत पाएका छन्। यसमा वार्षिक तलबभत्ता १ करोड ३४ लाख ४७ हजार १२० रुपैयाँ र कर्मचारी बोनसबापत ७४ लाख ९८ हजार ९१९ रुपैयाँ छन्।

२ करोड रूपैयाँभन्दा तल तलबभत्ता लिने सीईओहरू

रिलायबल नेपाल लाइफका सीईओ नारायणबाबु लोहनीले गत आर्थिक वर्षमा कुल १ करोड ७७ लाख ५२ हजार ९ रुपैयाँ तलबभत्तावापत पाएका छन्। जसमा वार्षिक तलबभत्ता १ करोड ४ लाख ८३ हजार २१२ रुपैयाँ, कर्मचारी बोनसबापत २४ लाख ६८ हजार ६८४ रुपैयाँ र प्रचलित प्रावधानअनुसार लाभहरुबापत ४८ लाख ११३ रुपैयाँ छन्।

एलआईसी नेपालका सीईओ प्रणय कुमारले गत आर्थिक वर्षमा कुल १ करोड ७७ लाख ३३ हजार ४९३ रुपैयाँ तलबभत्तावापत बुझेका छन्। उनले सञ्चालक समितिको बैठकको भत्ताबापत थप १ लाख ३५ हजार रुपैयाँ पाएका छन्।

प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाईले गत आर्थिक वर्षमा कुल १ करोड ५९ लाख ७८ हजार ४२७ रुपैयाँ तलबभत्ता पाएका छन्। यसमा वार्षिक तलबभत्ता १ करोड १९ लाख ८८ हजार ६०० रुपैयाँ, कर्मचारी बोनसबापत ३१ लाख २ हजार ७७७ रुपैयाँ, जीवन बीमाबापत ८ लाख ४९ हजार २७० रुपैयाँ, दुर्घटना बीमाबापत १५ हजार २८० रुपैयाँ र स्वास्थ्य बीमा (परिवारसहित) २२ हजार ५०० रुपैयाँ छन्।

सूर्यज्योति लाइफका सीईओ प्रकाशविक्रम खत्रीले गत आर्थिक वर्षमा कुल १ करोड ४७ लाख १४ हजार ७६६ रुपैयाँ तलबभत्तावापत पाएका छन्। यसमा वार्षिक तलबभत्ता १ करोड १६ लाख ९६ हजार १७६ रुपैयाँ, कर्मचारी बोनसबापत २५ लाख ८३ हजार ४१९ रुपैयाँ, प्रचलित प्रावधानअनुसार लाभहरुवापत ४ लाख १२ हजार ५०० रुपैयाँ, जीवन बीमाबापत ८ हजार ५१६ रुपैयाँ, दुर्घटना बीमाबापत ९ हजार ४५५ रुपैयाँ र जीवन बीमा (परिवारसहित)बापत ४ हजार ७०० रुपैयाँ छन्।

सिटिजन लाइफका सीईओ पोषकराज पौडेलले १ करोड ४१ लाख २२७ हजार ३३८ रुपैयाँ तलबभत्तावापत बुझेका छन्। जसमा वार्षिक तलबभत्ताबापत ८५ लाख ८१ हजार ८ रुपैयाँ, कर्मचारी बोनसबापत १६ लाख ३७ हजार ६१४ रुपैयाँ, प्रोत्साहनबापत ३८ लाख ७५ हजार रुपैयाँ, दुर्घटना बीमाबापत २७ हजार १६ रुपैयाँ र स्वास्थ्य बीमा (परिवारसहित) ६ हजार ७०० रुपैयाँ रहेको छ।

सन नेपाल लाइफका सीईओ राजकुमार अर्यालले गत आर्थिक वर्षमा कुल १ करोड ३० लाख ५५ हजार ६४४ रुपैयाँ तलबभत्ताबापत पाएका छन्। यसमा वार्षिक तलबभत्ता ९१ लाख ८७ हजार ५०० रुपैयाँ, कर्मचारी बोनसबापत ३८ लाख २९ हजार ९७४ रुपैयाँ र जीवन बीमाबापत ३८ हजार १७० रुपैयाँ छ।

एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठले गत आर्थिक वर्ष २०८१।८२ मा तलबभत्ता गरी कुल १ करोड २९ लाख ४१ हजार ६७० रुपैयाँ बुझेका छन्। जसमा तलबभत्ता ९३ लाख ६३ हजार २७५ रुपैयाँ बुझेका छन् भने कर्मचारी बोनस २२ लाख २७ हजार ६५१ रुपैयाँ र प्रचलित प्रावधानअनुसार लाभहरुअन्तर्गत १३ लाख ५० हजार ७४४ रुपैयाँ पाएका छन्।

सानिमा रिलायन्स लाइफका सीईओ शिवनाथ पाण्डेले गत आर्थिक वर्षमा कुल १ करोड ११ लाख ७९ हजार ५६८ रुपैयाँ तलबभत्तावापत पाएका छन्। यसमा वार्षिक तलबभत्ता ८२ लाख २९ हजार ९९६ रुपैयाँ, कार्यप्रदर्शन भत्तावापत २ लाख ९८ हजार ४०० रुपैयाँ, कर्मचारी बोनसबापत १५ लाख ८ हजार ५३१ रुपैयाँ, प्रचलित प्रावधानअनुसार लाभहरुबापत १० लाख २९ हजार ८३३ रुपैयाँ, जीवन बीमाबापत ७१ हजार ९२० रुपैयाँ, दुर्घटना बीमाबापत २१ हजार ४८८ रुपैयाँ र स्वास्थ्य बीमा (परिवारसहित) १९ हजार ४०० रुपैयाँ छन्।

आइएमई लाइफका सीईओ पवनकुमार खड्काले गत आर्थिक वर्षमा कुल ६३ लाख ६४ हजार ८९० रुपैयाँ तलबभत्तावापत पाएका छन्। उनी २०८१ मंसिर महिनादेखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएकाले उनको तलबमा वार्षिक तलब सुविधाको पुरै भार नदेखिएको हो।

कसरी तय हुन्छ सीईओको तलबभत्ताः

सीईओहरूको तलब भत्ता तथा अन्य सुविधाहरूको निर्धारण सीईओले सञ्चालक समितिसँग गर्ने कार्य सम्पादन सम्झाैताको आधारमा तय गरिन्छ। यसरी तय गर्दा कम्पनीको व्यापारको आकार, सीइअोको कार्य अनुभव, कम्पनीको व्यवस्थापन खर्च लगायतको विषयमा सञ्चालक समितिले ध्यानमा राखेर निर्णय लिनुपर्छ।

कार्य सम्पादन सम्झाैताका आधारमा तलब भत्ता निर्धारण गरिएपनि सीईओले सम्झाैता अनुसारको कार्य सम्पादन गरे नगरेको परिक्षण गर्ने जिम्मेवारी सञ्चालक समितिको हो । सम्झाैता अनुसारको व्यवसाय वृद्धिको लक्ष्य पुरा गर्न नसक्ने सीईओको तलब भत्ता लगायतको सुविधा कटाैती गर्ने कर्तव्य पनि हो।

उदाहरणका लागि कुनै सीईओले बीमाशुल्क आम्दानीका हिसाबले ४ वर्षे कार्यकालमा ६ प्रतिशतबाट ९ प्रतिशत कायम गर्छु भन्ने लिखित सम्झाैता गरेको छ। तर ४ वर्षे कार्यकाल अवधि भर ६ प्रतिशतभन्दा तल बजार हिस्सा झरेको छ भने त्यस्तो प्रमुख कार्यकारी अधिकृतले प्राप्त गर्ने तलब भत्ता लगायत अन्य प्रोत्साहनमा सञ्चालक समितिले कटाैती गर्ने स्वतन्त्रता हुन्छ। आफ्नो कार्य सम्पादन कमजोर हुन नदिनका लागि, कार्य सम्पादन सम्झाैता अनुसारको काम नगरेकोमा सीईओले आफूभन्दा मुनीका कर्मचारीको तलब भत्ता लगायतको सुविधा कटाैती गरेर दबाब बनाइ रहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS