IME Life New

रिज लाइन इनर्जीको आइपीओ बाँडफाँट, यी तरिकाले हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिज लाइन इनर्जीको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान यो आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणलाई ११ लाख ८० हजार २६० कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा २७ लाख २३ हजार ९१४ आवेदकबाट ३ करोड ४ लाख ४२ हजार ४२० कित्ता शेयर माग भएको थियो।

Esewa
Crest

कुल आवेदकमध्ये २५ लाख ३७ हजार ३०१ आवेदकबाट माग भएको २ करोड ७१ लाख ३२ हजार २३० कित्ता शेयर सदर भएको थियो। जसअनुसार विभिन्न कारणले १ लाख ८६ हजार ६१३ आवेदकबाट माग भएको ३३ लाख १० हजार १९० कित्ता शेयर बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमा १ लाख १८ हजार २६ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

सदर आवेदकमध्ये २४ लाख १९ हजार २७५ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS