काठमाडौं । प्रतिकित्ता ८२०.८० रुपैयाँमा आइपीओ निष्कासन गरेको रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य दोस्रो बजारमा ५१९.४० रुपैयाँ पुगेको छ।
कम्पनीको बजारमूल्य ५०० रुपैयाँ माथि पुगे पनि कम्पनीको आइपीओमा गरिएको लगानी उठ्न अझै ५ दिन सर्किट लागेर वृद्धि हुनुपर्ने देखिएको छ। अब ५ कारोबार दिन निरन्तर सर्किट लागेमा मात्र कम्पनीको बजारमूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँभन्दा माथि पुग्नेछ।













