काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्ममा जीवन बीमा कम्पनीहरुको कर्मचारीहरुको तलबभत्तामा जाने खर्च बढेको छ।
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म कम्पनीहरुले कर्मचारीको तलबभत्ता ३ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीहरुले कर्मचारीहरुको तलबभत्तामा ३ अर्ब १८ करोड १३ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको यो शीर्षकमा जाने खर्च १३.३२ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म सबै जीवन बीमकको कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ। सर्वाधिक खर्च गर्नेमा हिमालयन लाइफ रहेको छ भने कम खर्च गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ।
समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा हिमालयन लाइफले ५३ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च १२.५९ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म नेपाल लाइफले ३६ करोड ५६ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा ३१.२५ प्रतिशतले बढेर ४७ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ।
तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३४ करोड १९ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो खर्च ३.९३ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म नेसनल लाइफले २६ करोड २३ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २४ करोड ६५ लाख रुपैयाँ खर्च गरेको थियो। यस हिसाबले कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ६.४१ प्रतिशतले बढेको छ।
अन्य सबै जीवन बीमकको तलबभत्तामा जाने खर्च बढेको छ। खर्च वृद्धिदरका हिसाबले ३४.०९ प्रतिशतले रिलायबल नेपाल लाइफ अगाडि रहेको छ।
कसको कति खर्च ?













