काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क आम्दानीमा सावधिक प्रकृतिका बीमालेखको योगदान सर्वाधिक पाइएको छ। आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको कुल बीमाशुल्क आम्दानीमा सावधिक बीमालेखले कुल ४३ प्रतिशत हिस्सा ओगटेको छ।
दोस्रो ठूलो योगदान बालबालिकाको बीमा योजनाले दिएको छ। वार्षिक प्रतिवेदनका अनुसार कुल बीमाशुल्क आम्दानीमा २७.५३ प्रतिशत हिस्सा बालबालिकाको जीवन बीमा योजनाको छ।
आफ्नो व्यवसायमा उत्साहजनक वृद्धि गरेको छ। कम्पनीको कुल बीमाशुल्क संकलन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.८५ प्रतिशतले बढेको छ।
कम्पनीको बीमालेख प्रकारमा सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल बीमा, आजीवन सावधिक र म्यादी बीमालगायतका विभिन्न उत्पादन रहेका छन्।
गत आर्थिक वर्षमा कम्पनीले प्रथम बीमाशुल्क र नविकरण बीमाशुल्कसहित ९ अर्ब ४० करोड ८१ लाख ३७ हजार ८७१ रुपैयाँ कुलबीमा शुल्क आम्दानी गरेको छ।
बीमालेखको प्रकार अनुसार योगदान र वृद्धि (आ.व. २०८१/८२):
बीमालेखको प्रकार |
कुल बीमाशुल्क (रू.) |
योगदान प्रतिशत |
अवस्था (गत आव २०८०।८१ को तुलनामा) |
| सावधिक (Endowment) | ४ अर्ब २ करोड ५८ लाख | ४२.७९% |
सामान्य वृद्धि |
| बाल बीमा (Child Endowment) | २ अर्ब ५९ करोड २ लाख | २७.५३% |
बलियो उपस्थिति |
| अग्रिम भुक्तानी सावधिक (Anticipated Endowment) | १ अर्ब ३५ करोड ३३ लाख | १४.३९% |
स्थिर |
| सावधिक आजीवन(Whole Life Endowment) | १ अर्ब १८ करोड ७५ लाख | १२.६२% |
सुधारोन्मुख |
| म्यादी/अन्य(Micro & Term) | २ अर्ब ५१ करोड १५ लाख | २.६७% |
सीमित योगदान |
१७ वर्ष पुरानो यो कम्पनीको बजार हिस्सा ५ प्रतिशतको हाराहारी छ। हाल लघु जीवन बीमक बाहेक १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।












