IME Life New

झापामा पाँच तारे होटल सञ्चालन गरिरहेको भेगास सिटीको आम्दानीमा उल्लेख्य उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वी नेपालमा सञ्चालनमा रहेको पाँचतारे क्यासिनो एकीकृत रिसोर्ट होटल मेची क्राउने सञ्चालन गर्ने भेगास सिटी इन्टरटेनमेण्ट प्रालिले पछिल्ला वर्षहरूमा व्यवसायिक रूपमा उल्लेख्य सुधार गर्न सफल भएको मूल्यांकन सार्वजनिक भएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई दीर्घकालीन कर्जा सुविधामामा ‘एल डबल बी’ रेटिङ प्रदान गर्दै कम्पनीको आय वृद्धि, सञ्चालन क्षमता र बजार सम्भावनालाई सकारात्मक रूपमा उल्लेख गरेको हो।

Esewa
Crest

कम्पनीले पछिल्ला तीन वर्षमा करिब ३३ प्रतिशत वार्षिक औसत वृद्धि  हासिल गरेको छ भने गत आर्थिक वर्ष २०८१।८२ मा मात्रै करिब ५२ प्रतिशत राजस्व वृद्धि भएको देखिन्छ। सञ्चालन आम्दानी १८ करोड ७० लाखबाट बढ्दै ४४ करोड ४० रूपैयाँ लाख पुगेको छ।

होटल तथा क्यासिनो एकीकृत मोडेलमा सञ्चालनमा रहेको यो होटलले कोठा सङ्ख्या १०२ बाट २०५ मा विस्तार गरेको छ। यसबाहेक क्यासिनोबाट प्राप्त भाडा आम्दानी र भारतीय सीमावर्ती बजारबाट आगन्तुक आकर्षणले कारोबार आय बढाएको छ।

यसको सञ्चालन नाफा दर ५७ देखि ५८ प्रतिशतको हाराहारि स्थिर छ । ब्याज वहन अनुपात २.५ गुणा पुगेको छ। अघिल्लो वर्ष १.६ गुणा थियो। ऋण चुक्ता क्षमता १.८ गुणा पुगेको छ। अघिल्लो आवमा १.३ गुणा थियो।

मेची क्राउन होटल पूर्वी नेपालको पहिलो पाँचतारे क्यासिनो रिसोर्ट हो, जुन भार नेपाल सीमासँग नजिक रहेको छ। चन्द्रगढी विमानस्थलबाट १५ किलोमिटर र सीमावर्ती भारतीय विमानस्थल बागडोगराबाट करिब २६ किमी दुरीमा अवस्थित छ।विशेषगरी भारतका पश्चिम बंगाल र बिहार राज्यका ग्राहक आकर्षित हुनु व्यवसायका लागि महत्वपूर्ण कारक बनेको छ। साथै, कम्पनीका प्रवर्द्धकहरूको अन्य क्षेत्र हाइड्रोपावर, निर्माण तथा वायू सेवामा रहेको अनुभवले पनि व्यवसायिक विश्वास बढाएको उल्लेख गरिएको छ।

सञ्चालन सूचकहरू सुधारिएको देखिए पनि ऋण भार अझै उच्च रहेको मूल्यांकनले संकेत गर्छ।

कम्पनीको सम्पूर्ण व्यापार एउटै होटलमा केन्द्रित भएकाले भौगोलिक जोखिम उच्च छ। कुल आम्दानीको करिब ३१ प्रतिशत हिस्सा क्यासिनो बुकिङबाट आउँछ। नेपालमा स्थानीय नागरिकलाई गेमिङमा प्रतिबन्ध रहेकाले कम्पनी भारतीय ग्राहकमा निर्भर छ। भारतमा भविष्यमा गेमिङ नियम सहज भएमा ग्राहक प्रवाह घट्न सक्ने जोखिम रहेको छ।

यो होटल निर्माणको प्रति कोठा लागत  १ करोड ५ लाख रूपैयाँ रहेकोमा प्रति काेठा औसत ऋण ५९ लाख रूपैयाँ छ। यसले दीर्घकालीन रूपमा नगद प्रवाह व्यवस्थापनलाई चुनौतीपूर्ण बनाइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS