काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म कम्पनीले १ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा १४७.९३ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीको सञ्चालक मुनाफा ६ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ६ करोड २५ लाख रुपैयाँ रहेको थियो। कम्पनीको सञ्चालन मुनाफा ११.१५ प्रतिशतले वृद्धि भएको छ।
चालु वर्षको पुससम्म कम्पनीले विद्युत बिक्रीबापत १३ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४५.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट ९ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी १४ करोड ३५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिमा अन्य इक्विटी २१ करोड ४२ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ४.६३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १.८७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ थियो।












