काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीले एघारौं वार्षिक साधारण सभा फागुन १७ गते गर्ने भएको छ । सभा लिसरा रिसेप्सनमाविहान ११ बजृ गर्ने जनाएको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२ /८३ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, साबिक कै लेखापरीक्षक सुजन एस. एण्ड एशोसिएट्स चार्टड एकाउण्टेन्टस्लाई साबिक कै पारिश्रमिकमा पुनः लेखापरीक्षक नियुक्तिको लागि सिफारिस गरिएको प्रस्ताव पारित गर्नेछ ।
सभाले संचालक समितिबाट मनोनित गरि रिक्त संचालक पदमा नियुक्ति गरिएका संचालकहरुको अनुमोदन गर्ने, संचालक समितिले सिफारिस गरे बमोजिम रु ५९,२७,९७७७८९ कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
सभाले संचालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने, कम्पनीको चुक्ता पुँजीको १ः१ हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीको पुँजीको संरचना परिवर्तन गर्ने र सोही बमोजीम प्रबन्ध पत्रको दफा ६ (क) (ख) (ग) संशोधन गर्ने, पुँजीको संरचना परिवर्तन गर्न र बोनस तथा हकप्रद शेयर जारी गर्ने सम्बन्धमा नियमक निकायहरुबाट कुनै पनि किसिमको सुझाब वा निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १३ गते एक दिनका लागि शेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ। फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।












