IME Life New

फेरि फेरियो बीमा प्राधिकरणको नेतृत्व, अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नेतृत्व फेरि फेरिएको छ। सरकारले बीमा प्राधिकरणको सञ्चालक समितिको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ।

मन्त्रिपरिषदको आज बसेको बैठकले प्राधिकरणको अध्यक्षको जिम्मेवारी पौडेललाई दिने निर्णय गरेको हो। पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव हुन्।

Esewa
Crest

पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष भूमिका रहने गरी सरकारले नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि गत असोज गते बसेको सुशीला कार्की नेतृत्वको अन्तिम सरकारले प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मा नियुक्त गरेको थियो। शर्माअघि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव सेवन्त पोखरेललाई नियुक्ति गरेको थियो। तर, जेनजी आन्दोलनपछि गठित अन्तिम सरकारले पोखरेललाई फिर्ता बोलाएर शर्मालाई नियुक्त गरेको थियो।

पोखरेल प्राधिकरणमा जानुअघि शरद ओझा अध्यक्ष थिए। तर, नियुक्ति प्रक्रियाका क्रममा पेस गरेको कार्यानुभवको प्रमाणपत्रबारे उजुरी परेपछि तत्काली सरकारले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS