काठमाडौं । नेपाली बजारमा सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ३ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ ।आज चाँदी तोलामा २८५ रुपैयाँले बढेर तोलामा ६ हजार ७६५ रुपैयामा कायम भएको छ। हिजो चाँदी तोलामा ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।












