IME Life New

दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज नेप्से परिसूचक २८ दशमलव ७३ अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको २० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको १७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबेभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS