IME Life New

पाँच महिनामा रु. २८.८३ अर्ब बढी बीमा दाबी भुक्तानी, जीवन र निर्जीवन बीमकबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म बीमा कम्पनीहरुले कुल २८ अर्ब ८३ रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरसम्म कुल २८ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। जसमा जीवन बीमा कम्पनीहरुबाट १८ अर्ब ४२ करोड २६ लाख रुपैयाँ भुक्तानी भएको छ। यो भुक्तानी ९० हजार ४१४ वटा दाबीको हो।

Esewa
Crest

अघिल्लो वर्ष जीवन बीमकहरुले ८६ हजार ३०७ वटा दाबीको १७ अर्ब २७ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या ४.७६ प्रतिशत र रकम ६.६२ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको मंसिरसम्म निर्जीवन बीमकहरुले ५६ हजार २४० वटा दाबीको १० अर्ब ४१ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमकहरुले ५२ हजार १४५ वटा दाबीको ७ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः ७.८५ प्रतिशत र ३४.४२ प्रतिशतले बढेको छ। गत भदौको जेनजी आन्दोलन र असोजको बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्याएका कारण निर्जीवन बीमकहरुको दाबी भुक्तानी रकम बढेको हो।

अझै रु. ५४.८९ अर्बको दाबी भुक्तानी बाँकी

चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांक हेर्दा जीवन र निर्जीवन बीमकहरुले अझै ५४ अर्ब ८९ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ। जसमा जीवन बीमकहरुले ५८ हजार ६४६ वटा दाबीको ५ अर्ब ९ करोड ४९ लाख रुपैयाँ र निर्जीवन बीमकहरुले १ लाख ९ हजार ९०० वटा दाबीको ४९ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS