IME Life New

पूर्व सचिव डा. गणेश प्रसाद पाण्डेय बीमा प्राधिकरणको सञ्चालक पदमा नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डेयलाई नियुक्त गरेको छ ।

मन्त्री परिषदको शुक्रबारको बैठकले पाण्डेयलाई सञ्चालक समिति सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको प्राधिकरणका अध्यक्ष जनक शर्माले जानकारी दिए। पाण्डेय, नेपाल सरकारको अवकाश प्राप्त सचिव हुन् । उनी अर्थमन्त्रालयको प्रतिनिधिको हैसियतमा बीमा प्राधिकरणको सञ्चालक रही सकेका छन् ।

Esewa
Crest

बीमा विज्ञको हैसियतमा नियुक्त गरिएका पाण्डेयको  कार्यकाल ४ वर्षको हुनेछ।

प्राधिकरणको पाँच सदस्यीय सञ्चालक समितिमध्ये पछिल्लो समयमा जम्मा ३ सदस्य रहेकोमा गत महिना सन्तोष रिजालको कार्यकाल गत मंसिर १६ गते पुरा भएपछि जम्मा २ सदस्यमा सीमित हुन पुगेको थियो। दुई जना मात्र सदस्य रहेकाले गत मंसिर १७ गतेयता प्राधिकरणको सञ्चालक समिति बैठक बस्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS