IME Life New

१९ वटा बीमा कम्पनीको आ.व. २०८१/८२ को वित्तीय विवरण स्वीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ ।

बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था भए बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो ।

Esewa
Crest

प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएका बीमा कम्पनीहरूमा जीवन बीमातर्फ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एलआईसी (नेपाल) लिमिटेड रहेका छन् ।

यसैगरी, निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएको छ ।

यस्तै, लघुबीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भएको छ ।

प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी ७ वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS