IME Life New

एक महिनामा जीवन बीमकले संकलन गरे ४ अर्ब २४ करोड बीमाशुल्क, कुनको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले कुल ४ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ३ लाख ५६ हजार २६५ वटा बीमा पोलिसी बिक्री गरी कुल ४ अर्ब २४ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ४५ करोड बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ५२ करोड ४० लाख बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ३६ करोड ७४ लाख बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

सूर्यज्योति लाइफले २६ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले २१ करोड ९२ लाख बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले २० करोड ९९ लाख रुपैयाँ बप्माशुल्क संकलन गरेको छ ।

सिटिजन लाइफले २० करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १९ करोड ५३ लाख, रिलायबल नेपाल लाइफले १९ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १८ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रभु महालक्ष्मी लाइफले १४ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १३ करोड १ लाख बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १० करोड ८५ लाख बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS