IME Life New

दाबी भुक्तानीमा स्पिड ल्याएर ग्राहक मैत्री सेवामा लिडर बन्दै नेपाल लाईफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले तीन महिनामै बीमितलाई ४ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी रकम दाबी भुक्तानी गरेको छ । नेपाल लाईफले साउन, भदौ र असोज महिनासम्मको तीन महिनाको अवधिमा यति ठूलो रकम दाबी भुक्तानीवापत बीमितलाई दिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ वटै जीवन बीमा कम्पनीहरूले गरेको कुल दाबी भुक्तानीको २३.४ प्रतिशत हिस्सा नेपाल लाइफले नै अोगटेको छ। जीवन बीमकहरूले तीन महिनाको अवधिमा १७ अर्ब ७३ करोड रुपैयाँ कुल दाबी भुक्तानी दिएका छन् ।

Esewa
Crest

रु. १ खर्ब कुल दाबी भुक्तानीः
हाल दुई खर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष भएको यो कम्पनीले आफ्ना बीमितलाई पछिल्लो २४ वर्षमा १ खर्ब ३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । नेपाल लाईफको जीवन बीमा व्यवसायमा सर्वाधिक बजार हिस्सा भएकाले यसको दाबी भुक्तानीको आकारमा पनि अन्य जीवन बीमकको तुलनामा दुई देखि पाँच गुणासम्म बढी छ ।

९९ प्रतिशत मृत्यु दाबी फर्छ्याैटः
नेपाल लाईफले बीमितप्रतिको विश्वास कायम राख्दै दाबी भुक्तानीमा सहजता ल्याउन घरदैलोमै भुक्तानी गर्ने देखि लिएर छिटो छरितो भुक्तानी दिइरहेको छ । सहज र सरल तरिकाले दाबी भुक्तानी गर्नु बीमा कम्पनीको मुख्य विशेषता र विश्वासको आधार हो ।
कम्पनीका अनुसार, बीमा दाबीका लागि दर्ता २०८१।८२ को साउन देखि मंसिर सम्म दर्ता भएकामध्ये ९९.०१ प्रतिशत मृत्यु दाबी फछ्र्यौट गरिएका छन् ।

विश्वसनीयताको जगः
दाबी भुक्तानी जीवन बीमा कम्पनीहरूको विश्वास आर्जन गर्ने सबैभन्दा मुख्य आधार हो । जीवन बीमा कम्पनीले बीमालेखमा उल्लेख गरिएका शर्तअनुसार बीमित वा उसका आश्रितलाई रकम उपलब्ध गराउनु जीवन बीमकको दायीत्व हो ।

बीमा कम्पनीले कति जोखिम सकारेको छ, जोखिम अनुसारको घटना भई हाले भुक्तानी दिन सक्ने गरी कति धेरै रकमको व्यवस्था गरेको छ र दीर्घकालीन दायित्व बहन गर्न सक्षम छ कि छैन भन्ने कुरा दाबी भुक्तानीको तथ्यांकबाट प्रष्ट हुन्छ । यसरी दाबी भुक्तानीमा समेत अग्रस्थानमा रहेर नेपाल लाइफ ‘मार्केट लिडर’ बनिरहेको छ । सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्नु नेपाल लाइफको ग्राहक हितलाई सबैभन्दा बढी प्राथमिकता दिएको स्पष्ट प्रमाण पनि हो ।

प्रविधिमैत्री ग्राहक सेवाः
ग्राहक सेवामा सुधारका लागि नेपाल लाइफले डिजिटल सेवा, मोबाइल एप, हेल्पलाइन, द्रुत दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री प्रकृया अपनाएको छ । यसले बीमितलाई झन्झटमुक्त र सहज वातावरणमा दाबी प्राप्त गर्ने सुविधा उपलब्ध गराएको कम्पनीको भनाई छ । बीमितले समयमै सूचना पाउनु, कागजात बुझाउने स्पष्ट व्यवस्था हुनु, दाबी भुक्तानीमा सहजीकरण हुनु तथा भुक्तानीमा ढिलाइ नहुनु नै बीमाप्रतिको सकारात्मक अनुभूति हो ।

दाबी भुक्तानी जति पारदर्शी, छरितो र विश्वसनीय हुन्छ, जीवन बीमा क्षेत्र त्यति नै बलियो बन्छ । जीवन बीमा कम्पनीहरूको सफलताको वास्तविक मापन बीमालेख बिक्रीको संख्याले नभई दाबी भुक्तानीको गुणस्तरले हुने गर्छ ।दाबी भुक्तानीको सूचक जीवन बीमा कम्पनीको विश्वसनीयता पनि हो । ग्राहकले बीमा कम्पनी रोज्दा यी सूचक र कम्पनीहरूले दिइरहेको सेवाको स्तर हेरेर छनौट गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS