IME Life New

चार कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले यस दिन महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको ५–५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात महालक्ष्मीको शेयरमूल्य ३६५ रुपैयाँ ७१ पैसा कायम भएको छ भने नेपाल लाइफको ७७८ रुपैयाँ ५७ पैसा, सिंगटीको २७१ रुपैयाँ ४३ पैसा र नेपाल हाइड्रोको ६६९ रुपैयाँ ६३ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। आइतबार दोस्रो बजारमा महालक्ष्मीको शेयर प्रतिकित्ता ३८४ रुपैयाँ, नेपाल लाइफको ८१७ रुपैयाँ ५० पैसा, सिंगटीको २८५ रुपैयाँ र नेपाल हाइड्रोको ७२९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS