IME Life New

१२ बीमकले घोषणा गरे नयाँ बोनसदर, बीमितले कुन योजनामा कति पाउँछन् बोनस ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म १२ बीमा कम्पनीले बोनसदर घोषणा गरेका छन् । हालसम्म हिमालयन लाइफ, एलआईसी नेपाल,नेशनल लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सूर्यज्योति लाइफ, सन नेपाल लाइफ, नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, सिटिजन लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेका हुन् ।

हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पछि घोषणा गरेको बोनस दरका आधारमा बीमितले बोनस रकम पाउँछन् । नयाँ बोनश दर घोषित नहुँदासम्म बीमितले पछिल्लो घोषित बोनश दरकै आधारमा दाबी भुक्तानीवापतको रकम भुक्तानी प्राप्त गर्छन् ।

Esewa
Crest

नेशनल लाइफ
सावधिक जीवन बीमा योजनामा ५ देखि १४ वर्षसम्मको लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको लागि ७० रुपैयाँ, २६ वर्ष वा सोभन्दा माथिका लागि ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ५ देखि १४ वर्ष अवधि, १५ देखि २० वर्ष अवधि र २१ देखि २५ वर्षसम्मको लागि समान ६० रुपैयाँ
सावधिक तथा आजीवन बीमालेखमा ५ देखि १४ वर्षसम्मको लागि ६० रुपैयाँ, १५ देखि २० वर्षसम्मको लागि ६० रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्ष वा सोभन्दा माथिका लागि पनि ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

बाल अमृत सावधिक जीवन बीमालेखमा प्रतिहजार ५ देखि १४ वर्ष र १५ देखि २० वर्षसम्मका लागि समान ६० रुपैयाँ बोनसदर कायम गरेको छ।
अग्रिम भुक्तानी आजीवन बीमालेखमा कम्पनीले प्रतिहजार ५ देखि १४ वर्ष, १५ देखि २० वर्ष र २१ वर्षदेखि २५ वर्षसम्मका लागि एउटै ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

हिमालयन लाइफ
सावधिकमा ९ वर्षका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि प्रति हजार ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढिका लागि ६३ रुपैयाँ बोनस छ । सावधिक तथा आजीवन बीमा योजनामा ९ वर्षका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५९ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावधिकमा १० देखि १४ वर्षका लागि ५७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ८६ रुपैयाँ बोनसदर कायम गरेको छ। जीवन उपहार (अग्रिम भुक्तानी) मा १६ वर्ष अवधिका लागि ५२ रुपैयाँ, जीवन उपहार (सावाधिक) मा १५ वर्ष अवधिका लागि ३७ रुपैयाँ बोनस दिने जनाएको छ।

सावाधिकमा ९ वर्षका लागि ४३ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढीका लागि ७६ रुपैयाँ, सावाधिक तथा आजीवन बीमा योजनामा ९ वर्षका लागि ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढीका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावाधिकमा १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ, वार्षिक नगद फिर्तामा १० देखि १४ वर्षसम्मको लागि ९ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म लागि ४१ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ, सुरक्षित भविष्य जीवन बीमा योजनामा १० देखि १४ वर्षसम्मको लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ३५ रुपैयाँ बोनसदर कायम भएको छ।

सावधिक लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजनामा १० देखि १४ वर्षसम्मको लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७० रुपैयाँ, सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा ० देखि ९ वर्षसम्मको लागि ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सीमित भुक्तानी सावाधिक जीवन बीमा (एकल) मा १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म लागि ३२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३५ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ४५ रुपैयाँ, सीमित भुक्तानी सावाधिक जीवन बीमा योजनामा १० देखि १४ वर्षका लागि ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ।

सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षका लागि ४५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४६ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७४ रुपैयाँ, सीमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षदेखि २५ वर्ष वा सोभन्दा माथिको सबै योजनामा ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३१ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ र २० देखि २४ वर्षका लागि ३८ रुपैयाँ, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ४१ रुपैयाँ बोनसदर कायम भएको छ।

जीवन आधार जीवन बीमा योजनामा १० वर्षदेखि २४ वर्षसम्मको सबै योजनामा ५० रुपैयाँ, जीवन सम्पन्न बीमा योजनाका सबै अवधि ९ वर्षदेखि २५ वर्ष वा सोभन्दा माथिको अवधिका सबैमा ५३ रुपैयाँ,जीवन उत्थान बीमा योजनाका सबै अवधिका लागि कम्पनीले ४० रुपैयाँ र जीवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनस दिने भएको छ।

बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्षका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४० रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ , हिमालयन अनमोल रत्न बाल सावधिक जीवन बीमा योजनामा प्रतिहजार १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४८ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँ बोनसदर कायम गरिएको छ।

मेट लाइफ
अग्रिम भुक्तानी (थ्री पेमेन्ट प्लान) : यस बीमालेखमा १ देखि १५ वर्षका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ, अग्रिम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) : यस बीमालेखमा १ देखि १५ वर्षका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि ५५ रुपैयाँ बोनसदर कायम गरेकोे छ।

सावधिक जीवन बीमा (इन्डोमेन्ट प्लान) : यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ। शिक्षा संरक्षण बीमा (एजुकेसन प्रोटेसन प्लान) : यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ।

माई चाइल्ड एजुकेसन प्रोटेक्सन प्लान: यस बीमालेखमा १ देखि १५ वर्षका लागि ४० रुपैयाँ, १६ देखि २० वर्षका लागि ४५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि ५० रुपैयाँ बोनसदर कायम गरेकोे छ।

आइएमई लाइफ
कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। सावधिक सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ र ३० वा सोभन्दा माथिका ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सामूहिक सावधिकमा ० देखि ९ वर्षसम्मको लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ७० रुपैयाँ र ३० वा सोेभन्दा माथिका ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावधिक तथा आजीवनमा ० देखि ९ वर्षसम्मको लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) मा १० देखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेख १० देखि १४ वर्षसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ।

बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमालेख १० देखि १४ वर्षसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) बीमालेख सम्पूर्ण बीमा अवधिका लागि एउटै प्रतिहजार २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ। वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमालेखमा १० देखि १४ वर्षसम्मको लागि  ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ।

सिटिजन लाइफ
कम्पनीले विभिन्न पोलिसीमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ। अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्षको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४९ रुपैयाँ र २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ , वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ र २० देखि २४ वर्षका लागि २८ रुपैयाँ बोनसदर कायम गरेको छ।

सिजिजन शुभारम्भ योजना (सावधि बीमालेख) मा ० देखि ९ वर्षका लागि ५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ। सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि  ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

सिटिजन बाल भविष्य योजना (सावाधिक बीमालेख) मा ० देखि ९ वर्षका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदर दिने भएको छ।

सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीवन बीमालेख) मा ० देखि ९ वर्षका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ।

सानिमा रिलायन्स लाइफ
कम्पनीले विभिन्न योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। सावधिक जीवन बीमा योजना (रेगुलर) योजनामा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

सावधिक जीवन बीमा योजना (एकल) मा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। त्रिपल सावधिक बीमामा १० वर्षदेखि १४ वर्षसम्मको लागि २० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। दम्पती सावधिक बीमा योजनामा १५ वर्षदेखि १९ वर्षसम्मको लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

सावधिक तथा आजीवनमा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। अग्रिम भुक्तानी योजनामा १० वर्षदेखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

वार्षिक अग्रिम भुक्तानी योजनामा १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क) मा नियमित शुल्कतर्फ यस योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्फm ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर तोकिएको छ। २० वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरिएको छ। रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ।

सामूहिक सावधिकको सम्पूर्ण अवधिका लागि २० रुपैयाँ बोनसदर तोकिएको छ। सावधिक तथा आजीवनमा० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। सावधिकमा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

सीमित भुक्तानी सावधिकमा १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। बाल सावधिक (मेरो मुटु आई) मा १० देखि १५ वर्षसम्मको अवधिका लागि २२ रुपैयाँ, १६ देखि २० वर्षसम्म अवधिका लागि २८ रुपैयाँ, २१ वर्षदेखि २४ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ४५ रुपैयाँ बोनसदर छ।

बाल सावधिक (मेरो मुटु ई) मा १० देखि १५ वर्षसम्मको लागि २० रुपैयाँ, १६ देखि २० वर्षसम्मका लागि २७ रुपैयाँ, २१ वर्षदेखि २४ वर्षसम्मको लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ३४ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

नेपाल लाइफ
यस कम्पनीले प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) मा प्रतिहजार ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्षका लागि ८२ रुपैयाँ कायम गरेको छ।

सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा)मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि प्रतिहजार ६५ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष बढी अवधिका लागि ८२ रुपैयाँ कायम गरेको छ। सावाधिक जीवन बीमालेख (जीवन समुनन्त)मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ७० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ।

सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १ विकल्प २) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष माथिका लागि प्रतिहजार ६५ रुपैयाँ कायम भएको छ।

सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १, एकल बीमाशुल्क) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ५५ रुपैयाँ तथा २० देखि २५ वर्षका लागि ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष माथिका लागि प्रतिहजार ६० रुपैयाँ कायम भएको छ।

सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य, जीवन बीमा योजना)  मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ कायम भएको छ। सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन)मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६० रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथिका लागि८२ रुपैयाँ कायम भएको छ।

अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि) मा १५ वर्षे अवधिका लागि बीमितले ५६ रुपैयाँ र २० वर्षेका लागि ५६ रुपैयाँ बोनस पाउनेछन्। अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथिका लागि ५६ रुपैयाँ दिनेछ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथिका लागि ५६ रुपैयाँ कायम भएको छ। अन्य (जीवन सारथी) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८५ रुपैयाँ र ३० वर्ष माथिका लागि ८५ रुपैयाँ कायम भएको छ।

सन नेपाल लाइफ
सनलाइफ सावधिक जीवन बीमालेखमा ० देखि १४ वर्षका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ, ३० र माथिका लागि ७० रुपैयाँ बोनसदर कायम भएको छ। भाग्योदय जीवन बीमालेखमा ० देखि १४ वर्षका लागि ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वर्ष र सोभन्दा माथिका लागि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

बाल समृद्ध जीवन बीमालेखमा ० देखि १४ वर्षका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ। सावधिक सुनौलो जीवन बीमा योजनामा १५ देखि १९ वर्षका लागि ३६ रुपैयाँ र २० देखि २४ अवधिसम्मका लागि ५५ रुपैयाँ बोनसदर कायम गरेको छ। सुनौलो बाल समृद्धि जीवन बीमामा ० देखि १४ वर्षका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ।

नवीन आजीवन जीवन बीमा योजनामा ० देखि १४ वर्षका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ६२ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ८० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ।

१५ वर्षे सार्थक आजीवन जीवन बीमालेखको हकमा कम्पनीले सबै बीमा अवधिमा प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ। धनधान्य जीवन बीमालेखमा देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि पनि २५ रुपैयाँ, धनलक्ष्मी बीमा योजनामा ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ।

धनञ्जय जीवन बीमा योजनामा ० देखि १४ वर्षका लागि २५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २५ रुपैयाँ र २० वा सोभन्दा बढी अवधिका लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ। नव धनलक्ष्मी जीवन बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सूर्यज्योति लाइफ
कम्पनीले विभिन्न बीमा योजनामा प्रतिहजार न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा न्यूनतम ४२ देखि ६० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनामा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने भएको छ।

प्रभु महालक्ष्मी लाइफ
सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षसम्मका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४० रुपैया, २० देखि २४ वर्षको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दाका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ। सावाधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्षसम्मका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५४ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावाधिकमा ० देखि ९ वर्षसम्मका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षको लागि ५१ रुपैयाँ बोनसदर कायम गरेको छ। अग्रिम भुक्तानी सावधिक (समुन्नति) मा ० देखि ९ वर्षसम्मका लागि २३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि २३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि २५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ।

महालक्ष्मी सावाधिक जीवन बीमा योजनामा ५ देखि १४ वर्षसम्मका लागि ४५ रुपैयाँ, १५ देखि २४ वर्षका लागि ४६ रुपैयाँ र २५ तथा सोभन्दा माथि अवधिका लागि पनि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ। महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १४ वर्षका लागि ५२ रुपैयाँ र १५ वर्ष वा सोभन्दा माथिका लागि ५५ रुपैयाँ बोनसदर कायम गरिएको छ।

महालक्ष्मी हेरचाह बीमामा प्रतिहजार ५ देखि १४ वर्ष अवधिका लागि ५० रुपैयाँ र १५ वा सोभन्दा माथि अवधिका लागि ५१ रुपैयाँ बोनसदर कायम गरिएको छ। महालक्ष्मी बाल बचत बीमामा ५ देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ र २० वर्षभन्दा माथिको लागि ३९ रुपैयाँ बोनसदर कायम गरिएको छ। महालक्ष्मी वार्षिक धनफिर्ता बीमाको सबै अवधिको लागि ३५ रुपैया, महालक्ष्मी धनधान्य बीमा योजनाको सबै अवधिमा ४५ रुपैयाँ र महालक्ष्मी सावाधिक आजीवन बीमाको सबै अवधिमा ३८ रुपैयाँ बोनसदर कायम गरेको छ।

रिलायबल नेपाल लाइफ
रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्षसम्मको लागि ५० रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ। रिलायबल सुलभ जीवन बीमालेख सुलभ बाल जीवन बीमालेख प्लस योजनासर्वसुलभ बाल जीवन बीमालेखरसजिलो बाल जीवन बीमालेखमा ५ देखि ९ वर्षसम्मको लागि २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि २९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३३ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ४१ रुपैयाँ कायम भएको छ।

रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी)मा ५ देखि १४ वर्षसम्मको लागि २५ रुपैयाँ र १५ र सोभन्दा माथिका लागि २६ रुपैयाँ बोनसदर कायम भएको छ। लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ५ देखि ९ वर्षसम्मको लागि ३१ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३३ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ३४ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ३५ रुपैयाँ कायम गरेको छ।

सावाधिक तथा आजीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४५ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँ कायम गरेको छ। रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०, १२ र १४ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ तथा १६, १८ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर कायम भएको छ।

रिलायबल समुन्नति जीवन बीमामा ५ देखि १४ वर्षसम्मको लागि २० रुपैयाँ, १५ देखि २४ वर्षसम्मको लागि २१ रुपैयाँ र २५ वा सोभन्दा माथि अवधिका लागि २३ रुपैयाँ बोनसदर कायम भएको छ। रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावाधिक बीमालेख)मा ५ देखि १४ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम भएको छ।

एलआइसी नेपाल
कम्पनीले जीवन आस्था (३४८) बीमालेखमा प्रतिहजार ८५ रुपैयाँ र जीवन आस्था (३४७) रुपैयाँमा ८० रुपैयाँमा, बाल उन्नति (३६३) बीमालेखमा ८ देखि १४ वर्षसम्मको लागि ५५ रुपैयाँ र १५ देखि २५ वर्षसम्मको लागि ६० हजार रुपैयाँ बोनसदर कायम गरेको छ।

जीवन विद्या ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनामा ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५१ रुपैयाँ र १५ वर्ष वा सोभन्दा माथिका लागि ५२ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

सावधिक (३३३) मा ५ देखि ९ वर्ष अवधिका लागि ४९ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि ३४ वर्षका लागि ६० रुपैयाँ र ४५ वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

जीवन आनन्द (३४२) मा ५ देखि ९ वर्षका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५१ रुपैयाँ, १६ देखि २० वर्षका लागि ३ रुपैयाँ र २१ देखि २५ वर्षका लागि ५५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। बाल सावाधिक (३४९) बीमा योजनामा प्रतिहजार १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५३ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० देखि माथिका लागि ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

धन वृष्टि (३५८) मा कम्पनीले १० वर्षे अवधिका लागि ५३ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५६ रुपैयाँ बोनस दिने भएको छ। धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३) मा १५ वर्षका लागि ५५ रुपैयाँ, २० वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षका लागि ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ। बाल ममता (३४०) र बाल स्नेह (३४१) मा १५ वर्षका लागि ५५ रुपैयाँ र १६ देखि २० वर्षका लागि ५७ रुपैयाँ बोनसदर घोषणा गरेको छ।

जीवन तरंग (३४५) मा १० वर्षका लागि ५० रुपैयाँ, १५ वर्षका लागि ५१ रुपैयाँ र २० वर्षका लागि ५३ रुपैयाँ , नयाँ जीवन तरंग (३६०) मा १० वर्षका लागि ५० रुपैयाँ, १५ वर्षका लागि ५१ रुपैयाँ र २० वर्षका लागि ५५ रुपैयाँ,
जीवन बचत (३५९) मा ५ देखि ९ वर्षका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४७ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ५२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

जीवन लाभ (३६१) मा १० वर्षका लागि ५१ रुपैयाँ, १५ वर्षका लागि ५३ रुपैयाँ, २० वर्षका लागि ५५ रुपैयाँ र २५ वर्षका लागि प्रतिहजार ५७ रुपैयाँ, लघु सावाधिक (३५४) मा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। बाल समृद्धि (३६२) मा १५ वर्षसम्मका लागि ५५ रुपैयाँ र १६ देखि २० वर्षका ५६ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

जीवन उत्साह (३६२) योजनामा १० देखि १५ वर्षका लागि ५० रुपैयाँ, १६ देखि २४ वर्षका ५२ रुपैयाँ र २५ देखि ३५ वर्षका लागि ५३ रुपैयाँ ,थप लोयल्टीः जीवन सरल (३५०) योजनामा कम्पनीले बीमाशुल्कअनुसार न्यूनतम २४५ रुपैयाँदेखि अधिकतममा ४०० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

कम्पनीहरुको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै नेपाल बीमा प्राधिकरणबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS