IME Life New

नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच स्ट्रेन्थेनिङ पब्लिक फाइनान्स म्यानेजमेन्ट एन्ड डेभलप्ड सर्भिस डेलिभर प्रोग्रामको सबप्रोग्राम–२ लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।

एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलरबराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराइएको छ। प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्षसहित भुक्तानी अवधि २४ वर्षको हुनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यसपश्चात १.५ प्रतिशत ब्याजदर रहनेछ।

Esewa
Crest

ऋण सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका कन्ट्री डाइरेक्टर आनो कुश्वाले हस्ताक्षर गरेका छन्। समारोहको सुरुआतमा सहसचिव डा. धनीराम शर्माले मन्तव्य व्यक्त गर्दै नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तर–सरकारको स्रोत व्यवस्थापनमा सुधार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताए। सम्झौतामा हस्ताक्षरपछि कन्ट्री डाइरेक्टर आनो कुश्वा तथा अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै सहकार्यलाई निरन्तर र थप प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ।यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा अर्थ मन्त्रालय तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS