IME Life New

सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई अधिकतम रु. ९० (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ को बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो। स्वीकृत बीमांकीय मूल्यांकनअनुसार कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा प्रतिहजार न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ।

Esewa
Crest

यसका साथै सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा न्यूनतम ४२ देखि ६० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनामा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने भएको छ।

बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरेको सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले समयसापेक्ष प्रविधि तथा सेवाहरुमा उत्कृष्ट दिँदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ।

कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी बन्दै आईएसओ ९००१–२०१५ द्वारा विभूषित भएको एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ।

Suryajyoti life bonus rate

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS