IME Life New

नेपालमा पुरुषभन्दा महिलाको सक्रिय जीवन बीमालेख संख्या धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पुरुषको तुलनामा महिलाको नाममा जारी गरिएको बीमालेखको सक्रिय संख्या अधिक पाइएको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको त्रैमासिक विवरणअनुसार कुल सक्रिय बीमालेखमध्ये महिलाको जीवन बीमालेखको हिस्सा ५०.९६ प्रतिशत छ। चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (असोज मसान्त)सम्ममा सक्रिय बीमालेख संख्या १ करोड ५९ लाख ९ हजार १३५ रहेको छ। योमध्ये पुरुषको नाममा जारी गरिएको बीमालेखको हिस्सा ४९.०४ प्रतिशत मात्र छ।

Esewa
Crest

महिलाको जीवन बीमाबापतको आवधिक किस्ता नियमित रुपमा भुक्तानी भइरहेकाले सक्रिय बीमालेखमा महिलाको हिस्सा अधिक भएको होइन। पुरुषको तुलनामा महिलाको नाममा जारी गरिएको सावधिक बीमालेखको संख्या थोरै र म्यादी बीमालेखको संख्या धेरै भएकाले यस्तो चित्र देखिएको हो।

बीमा प्राधिकरणका अनुसार कुल बीमालेख संख्यामा वैदेशिक रोजगारी म्यादी बीमालेखबाहेक अन्य प्रकृतिका लघु तथा म्यादी जीवन बीमालेख संख्या सर्वाधिक छ। यस्तो बीमालेखमा पुरुषको नाममा भन्दा महिलाको नाममा जारी गरिएको बीमालेख संख्या दोब्बर बढी छ। यसैकारणले सक्रिय बीमालेखमा महिला अघि छन्।

अधिकांश म्यादी बीमालेख एकवर्षे अवधिका लागि जारी गरिएको हुन्छ। यस्तो बीमालेख जारी गर्न समयमै बीमितले वा बीमितका तर्फबाट अख्तियार प्राप्त पक्षले पूरै अवधिका लागि एकमुष्ठ बीमाशुल्क भुक्तानी गरिदिन्छन्। यसो हुँदा बीमालेख बीमा अवधिभर सक्रिय बीमालेखमा गणना हुन्छ, निष्कृय अवस्थामा जाँदैन।

लघुवित्त, साना किसान समूह, महिला बचत समूहबाट लघु कर्जा उपभोग गर्नेमा पुरुषभन्दा महिलाको संख्या अधिक छ। लघुवित्तले यस्तो कर्जाको सुरक्षाका लागि बचतकर्ता सदस्य महिलाको नाममा म्यादी जीवन बीमालेख पनि कर्जा निवेदन स्वीकृत गर्ने समयमै एकसाथ गर्छन्।

बीमाशुल्कबापतको रकम कर्जा लिने ग्राहकले नै व्यहोर्नुपर्छ। बीमा अवधि कायमै रहँदा बीमितको निधन भयो वा पूर्ण अपांगता भएको अवस्थामा बीमा कम्पनीले लघुवित्तलाई कर्जाबापतको साँवा र ब्याज बीमितका तर्फबाट भुक्तानी गरिदिन्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS