IME Life New

चिरख्वा हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिरख्वा हाइड्रोपावरले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँ सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले हकप्रद शेयर निष्कासनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले उपयुक्त आयोजना पहिचान गरी लगानी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको पुँजी संरचना संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष२०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS