IME Life New

बैंकहरुको नियमन थप चुस्त पार्दै राष्ट्र बैंक, ल्याउँदै एआई मार्गदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’ (एआई मार्गदर्शन) ल्याउने भएको छ।

केन्द्रीय बैंकले एआई मार्गदर्शनको मस्यौदा तयार पारी सार्वजनिक गरेको हो। यो मार्गदर्शनको मुख्य उद्देश्य राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको नियमनलाई थप चुस्तदुरुस्त पार्नु रहेको छ।

Esewa
Crest

मार्गदर्शनका मुख्य उद्देश्य

  • वित्तीय स्थिरता, अखण्डता र सञ्चालन लचिलोपन सुनिश्चित गर्दै दक्षता, नवीनता र ग्राहक अनुभवमा सुधार गर्ने तरिकाले एआई प्रविधि अपनाउनु।
  • एलआईमा एआई एप्लिकेसनहरु पारदर्शी, व्याख्यायोग्य, निष्पक्ष र जवाफदेही छन् भनी सुनिश्चित गर्नु र तिनीहरुले ग्राहक अधिकारलाई समर्थन गर्छन्, डेटा गोपनीयताको सुरक्षा गर्छन् र भेदभावपूर्ण वा गलत परिणाम उत्पादन गर्दैनन् भन्ने सुनिश्चित गर्नु।
  • सञ्चालन, नैतिक, प्रणालीगत, मोडेल, र साइबर जोखिमहरुसहित एआईसँग सम्बन्धित जोखिमहरुलाई न्यूनीकरण गर्नु र बैंक तथा वित्तीय संस्थाहरुमा यी जोखिम व्यवस्थापन गर्न उपयुक्त शासन संरचना छन् भनी सुनिश्चित गर्नु।
  • जनसंख्याको सबै वर्गलाई पहुँचयोग्य र किफायती वित्तीय सेवा प्रदान गर्न एआई प्रयोग गर्ने प्रतिस्पर्धात्मक र समावेशी वित्तीय क्षेत्रलाई प्रवर्द्धन गर्नु।

यी दिशानिर्देश राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा लागू हुनछन्। अर्थात् वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त संस्था, नेपाल पूर्वाधार बैंकका साथै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) यो मार्गदर्शन लागू हुनेछ।

यी दिशानिर्देशले क्रेडिट स्कोरिङ, धोखाधडी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमनसहित विभिन्न एप्लिकेसनमा एआईको प्रयोगलाई समेट्छ तर सीमित छैन।

यस मार्गदर्शन को मस्यौदामा केन्द्रीय बैंकले सरोकारवाला निकायहरुको रायसुझाव माग गरेको छ। आउँदो पुस १५ गतेसम्म लचददाष्चमउउम२लचद।यचन।लउ मा रायसुझाव पठाउन सकिनेछ।

AI-Guidelines

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS