IME Life New

रु. ३६.७७ अर्ब नाघ्यो व्यतित बीमालेखको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चार महिना कात्तिक मसान्तसम्ममा व्यतित बीमालेखबापतको रकम र बीमालेख संख्या दुवै बढेको छ।

गत आर्थिक वर्ष २०८१।८२ को कात्तिक मसान्तको तुलनामा २०८२।८३ कात्तिक मसान्तसम्ममा यो वृद्धि भएको हो। व्यतित बीमालेखको रकम ३५ अर्ब १३ करोड २ लाख ९४ हजार रुपैयाँबाट रुपैयाँबाट ४.६९ प्रतिशतले बढेर ३६ अर्ब ७७ करोड ८५ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

Esewa
Crest

व्यतित बीमालेखको संख्या १२ लाख ५ हजार ९६२ बाट ०.९७ प्रतिशत बढेर १२ लाख १७ हजार ७०२ पुगेको छ।

घट्यो बीमालेख समर्पण

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमालेख समर्पण संख्या र रकम दुवैमा गिरावट देखिएको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको ‘बीमा प्रतिविम्ब’मा प्रकाशित विवरणअनुसार बीमालेख समर्पण संख्या १८.१४ प्रतिशत घटेको छ। समीक्षा अवधिसम्म बीमालेख समर्पण संख्या ३५ लाख ९८५ बाट घटेर २९ हजार ४५९ मा सीमित हुन पुगेको छ।

यसैगरी समर्पण रकमसमेत ६.२७ प्रतिशत घटेको छ। गत आर्थिक वर्ष २०८१।८२ मा ४ अर्ब ८२ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेकोमा यो वर्ष घटेर ४ अर्ब ५२ अर्ब ६९ लाख ६६ हजार रुपैयाँ झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS