IME Life New

माैद्रिक नीति समिक्षाले जीवन बीमाका बीमितलाई कसरी हुने भयो लाभ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्तालाई मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दतीको भन्दा १ प्रतिशत बिन्दुले कम ब्याज तोक्नुपर्ने प्रावधान खारेज गर्ने भएको छ।बैंकले चालू आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् यस्तो घोषणा गरेको हो।

यो घोषणासँगै जीवन बीमा कम्पनीले प्राप्त गर्ने अतिरिक्त ब्याज आम्दानीका कारण बीमित लाभान्वित हुने भएका हुन् । बीमा कम्पनीले बीमाशुल्कवापत संकलन गरेको रकमको ८० प्रतिशतसम्म अझै पनि मुद्दती निक्षेपमै लगानी गरेका छन्। न्यून ब्याजदरका कारण नयाँ निक्षेपको ब्याज आम्दानी खुम्चिएका बेला अब बीमकले नविकरण गर्ने वा नयाँ निक्षेप राख्ने भएमा सर्वसाधारणले पाइरहेको सरह ब्याज आम्दानी गर्न पाउनेछन्।

Esewa
Crest

उदाहरणका लागि,अहिले सर्वसाधारणले मुद्दती निक्षेपमा ४ प्रतिशत ब्याज पाएका थिए भने बीमा कम्पनीजस्ता संस्थागत निक्षेपकर्ताले १ प्रतिशत बिन्दु कम अर्थात् जम्मा ३ प्रतिशतमा निक्षेप जम्मा गर्नुपर्ने अवस्था छ। राष्ट्र बैंकले समिक्षा मात्र गरेको घोषणा कार्यान्वयन भएपछि दुबैले समान ब्याज दरमै मुद्दती निक्षेप राख्न पाउनेछन्।

जीवन बीमा कम्पनीले प्राप्त गर्ने खुद प्रतिफलको ९० प्रतिशत रकममा बीमितको हक लाग्छ। यो रकम बीमितले बोनशका माध्यमबाट प्रतिफलवापत प्राप्त गर्छन्। ब्याज अाम्दानी जति बढ्छ, यसले बोनश दरमा पनि सकारात्मक प्रभाव पार्छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भनिएको छ,‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ। राष्ट्र बैंकले यो घोषणा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशिकामा संशोधन गर्नुपर्नेछ।

मुद्दती निक्षेपको ब्याज एकल अंकमा झरे पछि राष्ट्र बैंकले २०८० चैत १ गतेदेखि लागू हुने गरी संस्थागत मुद्दती निक्षेपको हकमा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याज दर कायम गर्ने प्रावधान लागू गरेको थियो। त्यसअघि संस्थागत मुद्दती निक्षेपमा बैंक वित्तीय संस्थाले न्यूनत्तम २ प्रतिशत बिन्दुले कम ब्याज दर तोक्नुपर्ने प्रावधान थियो।

मुद्दतीको ब्याज दर वार्षिक ६ प्रतिशतसम्म रहँदा १ प्रतिशत बिन्दुले कम ब्याज दरमा मुद्दती निक्षेप राख्दासम्म जीवन बीमकलाई सहज थियो। अहिले निक्षेपको ब्याज दर ५ प्रतिशतभन्दा तल झरेको छ। यही कारण जीवन बीमकले दैनिक ठूलो मात्रामा बीमाशुल्कवापत संकलन गर्ने रकम २ देखि २.५ प्रतिशत वार्षिक ब्याज दर आम्दानी हुने गरी निक्षेपमा राख्नुपर्ने बाध्यता थियो।

राष्ट्र बैँकका अनुसार गत असोज मसान्तसम्म बैंक वित्तीय संस्थामा बीमा कम्पनीहरूको ६ खर्ब ८७ अर्ब ९६ करोड ५३ लाख रूपैयाँ निक्षेप छ। बीमा कम्पनीले कुल लगानी योग्य रकमको ८० प्रतिशतसम्म मुद्दती निक्षेपमा लगानी गर्न सक्छन्। यद्दपी बैंकहरूमा पर्याप्त तरलताका कारण पछिल्लो केही महिनायता परिपक्व भएका मुद्दती निक्षेप नविकरण गर्न समेत अस्वीकार गर्न थालेपछि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको लागि चुनाैती बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS