IME Life New

आइएमई लाइफको पनि नयाँ बोनसदर घोषणा, बीमितलाई अधिकतम कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ को बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१।८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा समितिबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा नयाँ बोनसदर कायम गरिएको हो।

कम्पनीको वेबसाइटमा प्रकाशित सूचनाअनुसार कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

Crest

सावधिक सीमित अवधि भुक्तानी/सावधिक तथा बाल सावधिक

कम्पनीले यस बीमालेखमा प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६७ रुपैयाँ र ३० वा सोेभन्दा माथि अवधिका ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५७ हजार ३८७ वटा बीमालेख बिक्री गरेको छ।

सामूहिक सावधिक

यस बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ र ३० वा सोेभन्दा माथि अवधिका ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ८३२ वटा बीमालेख बिक्री गरेको छ।

सावधिक तथा आजीवन

यस बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको २ हजार ४४७ वटा बीमालेख बिक्री गरेको छ।

अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन)

यस बीमालेखमा कम्पनीले प्रतिहजार १० देखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको २६७ वटा बीमालेख बिक्री गरेको छ।

अग्रिम भुक्तानी सावधिक

कम्पनीले यस बीमालेख १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले २० देखि २४ वर्ष अवधिको २ हजार १३३ वटा बीमालेख बिक्री गरेको छ।

बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग)

कम्पनीले यस बीमालेख १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको ६१४ वटा बीमालेख बिक्री गरेको छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस)

कम्पनीले यस बीमालेख सम्पूर्ण बीमा अवधिका लागि एउटै प्रतिहजार २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ। कम्पनीले यो बीमालेख ८ हजार ४३४ वटा बिक्री गरेको छ।

वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण)

कम्पनीले यस बीमालेखमा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ९४८ वटा बीमालेख बिक्री गरेको छ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमांककीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि कायम हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS