IME Life New

२०८१।८२ को बोनसदर प्रकाशित गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, बीमितले अधिकतम रु. ८० पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।

कम्पनीको आर्थिक वर्ष २०८१।८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो। कम्पनीको वेबसाइटमा प्रकाशित सूचनाअनुसार कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

Esewa
Crest

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

कम्पनीको यस बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ४९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ हजार ३५२ वटा बिक्री गरेको छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

कम्पनीको यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। त्यस्तै १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार २८ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले २० देखि २४ वर्ष अवधिको यस बीमालेख ८ हजार १९५ वटा बिक्री गरेको छ।

सिजिजन शुभारम्भ योजना (सावधि बीमालेख)

कम्पनीको यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। त्यस्तै १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ४६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४८ हजार १६१ वटा बिक्री गरेको छ।

सावधिक जीवन बीमालेख

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले ० देखि ९ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ हजार ६५ वटा बिक्री गरेको छ।

सिटिजन बाल भविष्य योजना (सावाधिक बीमालेख)

सिटिजन बाल भविष्य योजना (सावाधिक बीमालेख)मा कम्पनीले प्रतिहजार ० देखि ९ वर्ष अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदर दिने भएको छ। कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको १५ हजार १४५ वटा बीमालेख विक्री गरेको छ।

सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीवन बीमालेख)

यस योजनामा कम्पनीले प्रतिहजार ० देखि ९ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ। कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको ८ हजार ६०५ वटा बीमालेख बिक्री गरेको छ।

कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

40%
sad

दु :खी

10%
amazed

अचम्मित

40%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS