IME Life New

नेपालको स्वच्छ र हरित ऊर्जामा गर्दै आएको सहयोगलाई निरन्तरता दिन युरोपेली युनियन सहमत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको स्वच्छ र हरि ऊर्जामा गर्दै आएको सहयोगलाई निरन्तरता दिन युरोपेली युनियन सहमत भएको छ।

अर्थ मन्त्रालयका अनुसार बेल्जियमको ब्रसेल्समा बिहीबार (मंसिर ११ गते) सम्पन्न नेपाल र युरोपेली युनियनविच विकास सहायतासम्बन्धी आठौँ सत्र कमिसनको बैठकमा यस्तो सहमति भएको हो। ‘बैठकमा युरोपेली युनियनले नेपाललाई गरिरहेको विकास सहायतासम्वन्धी योजना र संचालित कार्यक्रम र आयोजनाको समीक्षा गरिएको थियो’, मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘समीक्षा बैठकमा युरापेली युनियनले नेपालमा स्वच्छ र हरित ऊर्जाका साथै मानव संशासन विकास र सार्वजनिक वित्त व्यवस्थापनमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन दुवै पक्ष सहमति भएको छ।’

Esewa
Crest

बैठकमा नेपालका तर्फबाट ऊर्जा क्षेत्रमा युरोपियन युनियनको थप सहायताको अपेक्षा गर्दै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा युरोपियन युनियनको अनुदान सहायता प्राप्त हुने अपेक्षा गरिएको थियो। ‘युरोपियन युनियनले दूधकोशी जलविद्युत आयोजनामा अनुदान सहायता प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालले लगानीको आवश्कयता पूरा गर्न समिश्रित वित्त, ग्यारेन्टी जस्ता नयाँ वित्तीय उपकरण उपयोग गर्न सुझाव दिएको थियो’, विज्ञपितमा भनिएको छ, ‘बैठकमा प्राविधिक तथा व्यावसायिक शिक्षामा समेत युरोपियन युनियनको आगामि दिनमा हुन सक्ने सहकार्यका विषयमा समेत दुवै पक्षबीवच छलफल भएको थियो। नेपालका तर्फबाट नेपालको विद्यमान राजनीतिक परिस्थिति निर्वाचन उन्मुख भएको र अर्थतन्त्रका समष्टिगत सूचकहरुको अवस्था अनुकूल रहेकोले निजी क्षेत्रको विकास र वैदेशिक लगानी प्रवर्द्धनमा युरोपियन युनियनका तर्फबाट थप सहकार्यको अपेक्षा गरियो।’

बैठकमका नेपाल पक्षको नेतृत्व अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता सम्वन्ध महाशाखाका सहसचिव डा धनिराम शर्मा र युरोपियन पक्षको नेतृत्व अन्तर्राष्ट्रिय सहायतातर्फ दक्षिण एसिया हेर्ने युनिटका प्रमुख मारियो रोन्कोनीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS