IME Life New

मार्जिन कारोबार सुविधाः ब्रोकरको आर्थिक स्रोत र प्रदान गर्न सक्ने अधिकतम सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सुविधा प्रदान गर्न धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)ले जुटाउनुपर्ने आर्थिक स्रोतका विषयमा स्पष्ट व्यवस्था ल्याउन लागेको छ।

धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’को प्रारम्भिक मस्यौदामा ब्रोकरले जुटाउन सक्ने स्रोतका विषयमा स्पष्ट व्यवस्था गरेको हो। हाल यो मस्यौदामा धितोपत्र बोर्डले सरोकारवालाहरुसँग रायसुझाव माग गरेको छ।

Esewa
Crest

प्रारम्भिक मस्यौदामा धितोपत्र बोर्डले ब्रोकरले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्ना शेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण (अनसेक्योर्ड लोन) लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ। ब्रोकरले शेयरधनी वा सञ्चालकसँग लिएको असुरक्षित ऋण लिँदा प्रचलित कम्पनीसम्बन्धी कानुनमा भएको व्यवस्था पालना गर्नुपर्नेछ।

यसैगरी ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्न वाणिज्य बैंकसँग लिएको ऋण र आफ्ना शेयरधनी वा सञ्चालकसँग लिएको असुरक्षित ऋण आफ्नो संस्थाको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नहुने व्यवस्था प्रस्तावित मस्यौदामा गरिएको छ।

ब्रोकरले कुनै ग्राहकको नगद तथा शेयरलाई अन्य ग्राहकलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न प्रयोग गर्न नपाउने व्यवस्था पनि धितोपत्र बोर्डले निर्देशनमार्फत गर्न लागेको छ।

मार्जिन कारोबारको अधिकतम सीमा

ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको पाँचगुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने प्रावधान प्रस्तावित मस्यौदामा निर्धारण गरिएको छ।

यसैगरी ब्रोकरले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा २० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था धितोपत्र बोर्डले गरेको छ। ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्दा लगानी विविधीकरणलाई समेत ध्यान दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS