IME Life New

बाल्ट्रा, सीजी र यसुदा होम अप्लायन्सको व्यापार तुलनाः को अगाडि, को पछि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको घरेलु साना विद्युतीय उपकरण बजारमा तीन चर्चित ब्रान्डहरू, बालाजी एनपी (बाल्ट्रा), सीजी इम्पेक्स (सीजी) र त्रिवेणी व्यापार कम्पनी (यसुदा) बीचको व्यापारिक प्रतिस्पर्धा पछिल्लो समयमा झनै चर्किएको देखिन्छ। तीनवटै ठूला खेलाडीको हालैको व्यापार, नाफा र ऋण तिर्ने क्षमतामा निकै भिन्नता देखिएको छ।

मैदानमा स्थिर वृद्धि दरसँगै सिजी इलेक्ट्रोनिक्स सर्वाधिक नाफा मार्जिन कायम राख्न सफल छ। पछिल्लो समय बाल्ट्राले व्यापार बढाएपनि नाफा मार्जिन एकदमै पातलिएको छ। सीजी जस्तै ठूलो व्यापारिक समूह त्रिवेणी ग्रुप अन्तर्गत रहेको यसुदा होम अप्लायन्सले बजारिकरणको परम्परागत शैलीबाट बाहिरिन नसक्दा व्यापार ७५ प्रतिशत खुम्चिएको छ।

Esewa
Crest

तुलनात्मक अध्ययनमा गोल्छा समूहको हिम इलेक्ट्रोनिक्स समावेश गरिएको छैन। सामसङ मोबाइल फोन र घरेलु उपकरणको आयात र बिक्री समेत गरिरहेको यो कम्पनीले हिम स्टार ब्राण्डमा साना घरेलु उपकरण आयात, जडान र बिक्री समेत गर्छ। गत आर्थिक वर्ष २०८१।८२ मा यसको व्यापार ८ अर्ब ७६ करोड रूपैयाँभन्दा माथि थियो। कारोबारका हिसाबले यो अझै ठूलो देखिएपनि साना घरेलु उपकरणको बिक्रीले यो आम्दानीमा जम्मा १४ प्रतिशत हिस्सा ओगटेको छ।

आम्दानी र वृद्धि दर

बाल्ट्राको व्यापार पछिल्लो दुई वर्षमा तीब्र रुपमा बढेको छ। कम्पनीले आर्थिक वर्ष २०८०।२०८१ मा १ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले वृद्धि हो। यो भन्दा चार गुणा बढी सीजीको वार्षिक व्यापार अनुमानित रूपमा ७ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। यति ठूलो वार्षिक कारोबारसँगै सीजी इलेक्ट्रोनिक्सलाई बजारको सबैभन्दा ठूलो खेलाडी बनाएको छ। यद्दपी यसको कुल आम्दानीमा सिजी साना घरेलु उपकरणको योगदान २७ प्रतिशतको हाराहारी मात्र छ।

अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा यसुदाले ३ अर्ब ४३ करोड रूपैयाँ बराबरको व्यापार गरेको छ। पछिल्लो तीनवर्ष यता यसको व्यापार लगातार खुम्चि रहेको छ। तीन वर्षको व्यापार तुलना गर्दा आम्दानी १६ प्रतिशत घटेको छ।

ऋण तिर्ने क्षमताः

सीजीको ऋण तिर्ने क्षमता बाँकी दुई प्रतिस्पर्धिको तुलनामा बलियो छ। कम्पनीले आफ्नो आम्दानीबाटै सजिलै ऋण तिर्न सक्ने अवस्था छ। बाल्ट्राको अवस्था खस्किंदो, यसले थोरै आम्दानीबाट धेरै ऋण तिर्नुपर्ने अवस्था देखिएको छ। यासुदाको अवस्था झनै कमजोर छ, पुरानो विवरण अनुसार कम्पनीले ब्याज तिर्न पनि मुस्किल हुने स्थिति देखिएको छ।

बजार हिस्सेदारीः

नेपालको साना घरेलु उपकरण बजारमा सीजीको सबैभन्दा ठूलो हिस्सेदारी छ। यसले सीजी,एलजी, ब्ल्याक एण्ड डेकर जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरू बेच्दै आएको छ।
यासुदा र बालाजी एनपी (बाल्ट्रा) भने सानोतिनो हिस्सा ओगटेका छन्। यासुदाको हिटर बजारमा करिब १५ प्रतिशत हिस्सेदारी रहेको छ।

नाफा 

कर, ब्याज र ह्रासकट्टी अघिको नाफाको हिसाबमा पनि सीजी सबैभन्दा अगाडि छ। यसले १२ प्रतिशत नाफा मार्जिन कायम राखेको छ। यासुदाको नाफा सबैभन्दा कम ७.८ प्रतिशत र बाल्ट्राको नाफा मार्जिन ७.५ प्रतिशत मा सीमित छ।

सीजी नेपालकै सबैभन्दा बलियो र स्थिर कम्पनी हो। यासुदा र बाल्ट्राले सस्तो मूल्य र फरक उत्पादनको भरमा बजार ओगट्ने प्रयास गरिरहेका छन्। खुम्चिंदो नाफाले बाल्ट्रा वित्तीयरूपमा टाट पल्टिन सक्ने जोखिम पनि छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS