काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.६९९ अर्थात ६९.९ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
धितोपत्र बोर्डले अनुमति दिएमो यो कम्पनीले १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँबराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।
राधी विद्युतको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

















