IME Life New

आजबाट ६ लाख ६५ हजार बढी कित्ता शेयर बिक्री गर्दै शिवश्री हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवश्री हाइड्रोपावरले आज कात्तिक २० गतेबाट सर्वसाधारण समूहको ६ लाख ६५ हजार बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले लिलामी प्रक्रियामार्फत कुल ६ लाख ६५ हजार ८४५ कित्ता हकप्रद हकप्रद शेयर बिक्री खुला गर्ने भएको हो। यो शेयरमा इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

लिलामीमा राखिएको शेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र यही कात्तिक २७ गते अपराह्न ३ बजेसम्म पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको काठमाडौं डिल्लीबजारस्थित केन्द्रीय कार्यालयका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडामा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS